फिफा सिरिजका लागि ३२ खेलाडी प्रारम्भिक टोलीमा


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्डमा हुने फिफा सिरिजका लागि ३२ खेलाडीलाई प्रारम्भिक क्याम्पमा बोलाएको छ। सुक्रिया मियासहितका खेलाडीहरूलाई समेट्दै टोली मुख्य प्रशिक्षक नविन न्यौपानेले क्याम्प बोलाएका हुन्।

टोलीमा अनिता बस्नेत, अनिता केसी, अनिता लाम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, बिमला बि।के।, बिर्सना चौधरी, दीपा शाही र गीता राना समावेश छन्।

अनिता बस्नेत, अनिता केसी, अनिता लाम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, बिमला बि।के।, बिर्सना चौधरी, दीपा शाही र गीता राना समावेश छन्।

यस्तै हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना र पूर्णिमा राई पनि प्रारम्भिक सूचीमा परेका छन्।

त्यसैगरी रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समिक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सुक्रिया मिया, सुशिला कुमारी चौधरी र उषा नाथलाई पनि समावेश गरिएको छ।

फिफा सिरिज २०२६ अन्तर्गत हुने प्रतियोगितालाई लक्षित गर्दै प्रारम्भिक टोली घोषणा गरिएको हो। नेपालले थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको