काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई २१० रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।
तल्लाे मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेकाे गण्डकीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको छ।
गण्डकीका लागि अर्जुन कुमालले ६७ रनको योगदान दिए। उनले १०२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै दीपक डुम्रेले ४५ बलमा ५१ रन बनाउँदै टोलीलाई मध्यम स्कोरसम्म पुर्याए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
गण्डकीको सुरुवात भने राम्रो हुन सकेन। गौरव बीके ६ रनमै आउट भएपछि दबाबमा परेको टोलीले नियमित अन्तरालमा विकेट गुमायो। मध्यक्रममा सिब्रिन श्रेष्ठ १४ र वंश क्षेत्री १० ले लामो इनिङ खेल्न सकेनन्।
बलिङतर्फ आर्मीका आकाश चन्द र शाहाब आलमले समान ३/३ विकेट लिए। कुशल मल्लले किफायती बलिङ गर्दै १० ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिए।


