एन्फा निर्वाचन स्थगित


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

एन्फा निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको पत्र प्राप्त भएपछि पूर्वनिर्धारित निर्वाचन तालिका रोकिएको हो।

समितिलाई एन्फा सचिवालयमार्फत उक्त जानकारी प्राप्त भएपछि यसअघि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

भाेलि चैत १३ गते शुक्रबारका लागि तय गरिएको मतदान प्रक्रिया अर्को सूचना नआएसम्मका लागि स्थगित भएकाे हाे।

निर्वाचन समितिका संयोजक रामचन्द्र (आरसी) गौतम, सदस्य सचिव लोकन्द्र ओली र सदस्य सज्जना के.सी. ले संयुक्त रूपमा हस्ताक्षर गर्दै सो निर्णय सार्वजनिक गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको