इङ्ल्यान्ड र उरुग्वे बराबरीमा रोकिए


काठमाडौं। इङ्ल्यान्ड र उरुग्वेबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको बराबरीमा सकिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता बनायो। ८१औँ मिनेटमा बेन ह्वाइटले कर्नरपछि नजिकबाट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

खेलको अन्तिम समयमा उरुग्वेले बराबरी फर्कायो। इन्जुरी समयमा भिडियो सहायकको निर्णयपछि पेनाल्टी पाएको उरुग्वेका लागि फेडेरिको भाल्भेर्देले ९०ं४औँ मिनेटमा गोल गर्दै खेल १–१ मा पुर्‍याए।

इङ्ल्यान्डका बेन ह्वाइटले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि उरुग्वेले अवसर पाएको थियो। सो क्रममा बेन ह्वाइट पहेँलो कार्ड समेत पाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको