काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार साताैा जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ७९-६९ को अन्तरले पराजित गरेको हो। हाउण्ड्सले कीर्थिपुर विरुद्ध २५-२१, १७-११, ११-१५, २६-२२ को प्रदर्शन गर्यो।
सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै विजयी यात्रा जारी राखेको हो। १० खेलमा साताैँ जितपछि १७ अैक जोडेको हाउण्ड्स चाैथो स्थानमा छ। हाउण्ड्सका असिम श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए।
यस्तै कीर्तिपुरको भने यो आठाैँ हार हो। १० खेलबाट कीर्तिपुरको १२ अंक छ। शनिबार राती भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबले सोलो बास्केटबल क्लबलाई १००-६० ले पराजित गर्दै नवाैँ जित हात पारेको छ। गोल्डनगेटले १० खेलबाट १९ अंक जोडेको छ। गोल्डेनगेटका जैन खान खेलको प्लेखर अफ दि म्याच घोषित भए। उनले २४ अंक स्कोर गरे।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।


