काठमाडौं। मल्लोर्काले नाटकीय खेलमा रियल म्याड्रिडमाथि २–१ को महत्वपूर्ण जित निकालेको छ।
स्पेनिस ला लिगा अन्तर्गत सोन मोइक्स रंगशालामा शनिबार राति सम्पन्न खेलमा अन्तिम क्षणको गोलले मल्लोर्कालाई विजयी बनायो।
खेलको पहिलो हाफमा मल्लोर्काले अग्रता बनाएको थियो। ४१औँ मिनेटमा मानु मोर्लानेसले पाब्लो माफेओको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा रियल म्याड्रिडले खेलमा फर्किने प्रयास जारी राख्यो। ८८औँ मिनेटमा एडर मिलिटाओले ट्रेन्ट अलेक्जान्डर–आर्नोल्डको क्रसमा हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
तर खेलको इन्जुरी समयकाे पहिलाे मिनेटमा भेदात मुरिकीले माटेओ जोसेफको पासमा निर्णायक गोल गर्दै मल्लोर्कालाई २–१ को जित दिलाए।
खेलभर रियल म्याड्रिडका किलियन एमबाप्पे, विनिसियस जुनियर र जुद बेलिङ्घमले प्रयास गरे पनि मल्लोर्काका गोलकिपर लियो रोमानले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखे।
यस हारसँगै रियल म्याड्रिडको उपाधि यात्रामा ठूलो धक्का लागेको छ। जारी सिजन पाँचाैं हार ब्यहाेरेकाे रियलकाे ३० खेलबाट ६९ अंक छ। याे शीर्ष स्थानमा रहेकाे बार्सिलाेनाकाे भन्दा चार अंकले पछि हाे।