एपिएफले दियो सुदूरपश्चिमलाई २६० रनको लक्ष्य


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बल क्लब ९एपिएफ०ले सुदूरपश्चिम प्रदेशविरुद्ध २६० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनायो।

एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ४५ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई मध्यम अवस्थाबाट बलियो योगफलतर्फ डोर्‍याए। दीपक बोहराले ४६ रन बनाए भने लोकेश बमले ४७ रनको महत्वपूर्ण इनिङ्स खेले।

त्यस्तै सुमित महर्जनले ४१ रन जोड्दा अन्त्यतिर कमल ऐरी १३ र युवराज खत्री ५ रनमा अविजित रहे। कप्तान रोहित पौडेल भने ११ रनमै सीमित भए।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल सर्वाधिक सफल रहे। उनले १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। विकास आग्री र अशोक धामीले समान २–२ विकेट झारे भने हेमन्त धामी र नरेन भट्टाले १–१ विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको