काठमाडाैं। अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ। बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो।
थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गल्र्समा ४० गरी १ सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन्।
प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुनेछ । खेल टोखा नगरपालिका वडा १०, सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा खेलाइने छ।
फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए । प्रतियोगिता टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोर्ट्स एकेडेमीमा खेलाइने छ। फुटसल बैशाख ७ गतेदेखि सुरु हुनेछ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ। दुवै प्रतियोगिताका विजेतालाई प्रमाण पत्र, पदक र नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।


