काठमाडौं। लैनचौर तेक्वान्दो डोजाङले तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ७ स्वर्ण, ३ रजत र १ कांस्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो।
न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा क्षेत्रपाटीस्थित सरस्वती माविमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ दीलिप स्मृति तेक्वान्दो डोजाङ दोश्रो भयो। तेश्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो।
स्काइ वाक र प्रोक्सिमा एजुकेसनको सहयोगमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका रोहन भुजेल तथा महिलामा द नेक्स्ट लेभलकी आयुष्मा चौधरी उत्कृष्ट खेलाडी चुनिए।
विजेतालाई नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी, महासचिव राजेश प्रजापति, आयोजक सरस्वती तेक्वान्दो डोजाङका अध्यक्ष दिनेशकुमार वाडा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो।
काठमाडौं महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा ३ सय ४० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्राविधिक प्रमुख रामचन्द्र व्यञ्जनकारले जनाएका छन्। हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । सोही प्रतियोगिताकै दौरान ननअफिसियल प्रतियोगिता पनि भएको थियो। करिब ३ खेलाडी सहभागी थिए।


