शान्तिको एकल अग्रता

काठमाडाैं। थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गला देवी स्मृति बुद्धिचाल प्रतियोगितामा अग्रता कायम गरेकी छिन्। धिमालले ६ चरणको समाप्तिमा सत प्रतिशत जित हात पारेकी छन्।

लक्ष्मी कणेलले ५दशमलव ५ अङ्क जोडेकी छन्। यसै गरी कुसुम घिसिङ, डेनिसा पुरी र अग्रता आचार्य, राधिका पौडेल, रिया श्रेष्ठ र श्रीषा दुवालले ५ अङ्क जोडेका छन्।

प्रतियोगितामा ९ चरणको खेल हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको