काठमाडाैं। चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन्। भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेरसमूहमा स्वर्ण जिते। उनले ४९ केजी तौलसमूहमा अर्को स्वर्ण जित्न सफल भए।
आयुष बोहराले पनि स्वर्णसहित कास्य पदक हात पारे। ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका आयुशले व्यक्तिगत पुम्सेमा भने कास्य सीमित भए। सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण प्राप्त गरे। प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो।


