जिदान फ्रान्सकाे नयाँ प्रशिक्षक

काठमाडाैं। फ्रान्सका फुटबल महानायक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय पुरुष फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। फ्रान्स फुटबल संघले सोमबार उनको नियुक्तिको औपचारिक घोषणा गरेको हो।

५४ वर्षीय जिदानले १४ वर्षसम्म फ्रान्सको नेतृत्व गरेका डिडिएर डेसाम्प्सको स्थान लिएका हुन्। २०२६ फिफा विश्वकपको सेमिफाइनलबाट फ्रान्स बाहिरिएपछि डेसाम्प्सले पद छाडेका थिए।

रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिदान सन् २०२१ यता कुनै टोलीको जिम्मेवारीमा थिएनन्। उनले रियललाई लगातार तीन पटक यूईएफए च्याम्पियन्स लिग जिताउने ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। अब उनी सेप्टेम्बरदेखि फ्रान्सको जिम्मेवारी सम्हाल्दै यूईएफए नेसन्स लिगबाट आफ्नो नयाँ यात्रा सुरु गर्नेछन्।

सन् १९९८ मा खेलाडीका रूपमा फ्रान्सलाई विश्वकप जिताएका जिदान अब प्रशिक्षकका रूपमा पनि राष्ट्रिय टोलीलाई पुनः सफलताको शिखरमा पुर्‍याउने अपेक्षा गरिएको छ। उनको मुख्य लक्ष्य युरो २०२८ र २०३० फिफा विश्वकप हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको