प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै

काठमाडौं। पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ। ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि जेष्ठ १५ र १६ गते गणेशटोलस्थित बि–फिटमा सञ्चालन गरिने कलेजले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरि द्धितिय हुने समुहले नगद रु १५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताP।

खेल संयोजक प्रतिक राइका अनुसार प्रतियोगितामा झण्डै २० कलेजको सहभागिता रहने छ। १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन्। प्रतियोगितामा भाग लिन दर्ता शुल्क लाग्नेछैन\। यसैगरि कलेजले सोहि मितिमा अन्तर कलेज पब्जी प्रतियोगिता पनि गर्दैछ। पब्जीमा प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।

जेष्ठ ३० र ३१ गते कलेजकै खेल मैदानमा छात्र÷छात्रा बास्केटबल प्रतियोगिता हुनेछ। बास्केटबलमा छात्रतर्फ प्रथम हुनेले नगद रु १५ हजार तथा द्धितियले नगद रु १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवरले जनाए। छात्रातर्फ प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको