एन्जल्स हार्ट र गण्डकी प्रिक्वाटरफाइनलमा

काठमाडाैं। साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

एन्जल्स हार्टले जीवन ज्योतिलाई ३२–२५ तथा गण्डकीले रिलायन्स पब्लिकलाई २७–२५ ले पराजित गरे। एन्जल्स हार्टका रुपेश पौडेलले १३ तथा गण्डकीका सुविन अर्यालले ११ अंक जोडे।

ब्वाइजमै स्कोलर्स होमले केएमसीलाई ३१–२२, टीआईएले ज्ञानोदयलाई २७–२२, मार्वलसले बागमतीलाई ६३–४०, केभीसीले ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई ५८–४५, ह्वाइट हेभनले हिमरश्मिलाई ३०–२३, जेबी स्कुलले बेलमोन्टलाई ५३–२२ र गोल्डेनपिकले स्किब्सलाई ४५–३३ ले हराए। स्कोलर्स होमका निशान घलेले १५, टीआईएका आविस्कार रोक्काले १२, मार्वलसका रोशन कुश्वाहाले १५, केभीसीका रियान बानियाँले २२, ह्वाइट हेभनका विवेश बर्देवाले १५, जेबी स्कुलका दिपेश सुनारले २३ र गोल्डेनपिकका प्रिजम केसीले १३ स्कोर गरे।

गल्र्समा बागमतीले ज्ञानोदयलाई २३–१५, आयोजक तेजस्वी एकेडेमी ‘ए’ ले केएमसीलाई १९–९ र हिमरश्मिले तेजस्वी ‘बी’ लाई २१–१७ ले पाखा लगाए।बागमतीकी स्मृति पोखरेलले १०, तेजस्वी ‘ए’ की श्रेया छन्त्यालले ८ र हिमरश्मिकी पुर्णिमा कार्कीले ९ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको