काठमाडाैं। आईआईएमएस कीर्तिपुर र डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
कीर्तिपुरले इन्जिनिएरिङलाई ७१–५६ ले पराजित ग¥यो। कीर्तिपुरको जितमा अनिल खड्गीले १७ अंक योगदान गरे। सयुन राईको २७ अंक सहयोगमा आर्मीले बूढानीलकण्ठलाई ६६–५७ ले हरायो।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको महिलामा बूढानीलकण्ठ फाइनलमा पुग्यो। उर्जा राना मगरको २७ अंक सहयोगमा बूढानीलण्ठले ट्रनिङ ग्राउन्डलाई ५५–४७ ले पाखा लगायो। उपाधिका लागि बूढानीलकण्ठले ग्रान्डी स्टार्ससंग खेल्ने छ। अघिल्लो दिन बिहीबार ग्रान्डीले बलर्सलाई ६१–२२ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल शनिबार हुनेछ।
ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। महिलामा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्ने छन्। पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उदीयमान पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ।