काठमाडाैं। पहिलो खेलमा बराबरी खेलेपछि दबाबमा रहेको नेदरल्यान्ड्सले स्विडेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–१ को प्रभावशाली जित दर्ता गरेको छ। यस जितसँगै नेदरल्यान्ड्स विश्वकपमा समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ।
नेदरल्यान्ड्सकाे जित ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई–दुई गोल गरे। ब्रोबेले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। जापानसँग २–२ को बराबरी खेलेको खेलपछि नेदरल्यान्ड्सलाई यो जित निकै महत्त्वपूर्ण बनेको छ।
यस जितसँगै नेदरल्यान्ड्सको ४ अंक पुगेको छ। स्विडेनको ३ अंक छ भने जापान र ट्युनिसियाबीचको खेल आइतबारपछि हुने तालिका छ। नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोमानले भने,‘हाम्रो खेलेको शैलीले टोलीको आत्मविश्वास बढाउन सक्छ। ४ अंक भएपछि मानसिक रूपमा पनि केही सहज महसुस भएको छ। अब यस प्रदर्शनलाई आधार बनाएर अगाडि बढ्न सकिन्छ।’
गाक्पोले दुई गोलसँगै एक असिस्ट पनि गरे। उनले दोस्रो हाफ सुरु भएको दुई मिनेटमै डेन्जेल डम्फ्रिजको क्रसलाई गोलमा परिणत गर्दै टोलीको अग्रता ३–० बनाए। त्यसपछि ५४औं मिनेटमा अर्को गोल गर्दै ब्रोबे बराबर दुई गोल पुर्याए।