काठमाडौं। पेसएक्स स्पोर्ट्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’ अन्तर्गत लिग चरण र नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू शनिबार सम्पन्न भएका छन्।
जितसँगै अन्तिम आठ टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। बुढानीलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा साउन १५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ।
राउन्ड अफ १६ का नतिजा र क्वाटरफाइनल समीकरण
शनिबार नै सम्पन्न नकआउट चरण (राउन्ड अफ १६) को प्रतिस्पर्धात्मक खेलहरू जित्दै आठ टोलीले क्वाटरफाइनलको यात्रा तय गरेका छन्:
नोबेल एकेडेमी ले हिमालयन एफसीलाई पराजित गर्यो।
रोयल नेपाल एफसी ले एफसी मनकामनालाई हरायो।
करुणा एफसी ले चन्द्रागिरी विकास मञ्चमाथि जित निकाल्यो।
डाइनामिक एफसी ले सेखा एफसीलाई पछाडि पार्यो।
ठमेल ११ ले फोर ब्वाइज चाल्नाखेललाई पराजित गर्यो।
होराक एफसी ले कुपन एफसीलाई हरायो।
मेन्टेन एफसी ले वी प्लेलाई पराजित गर्यो।
एभरेस्ट एफसी ले नव दुर्गा युवा क्लबलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनायो।
आयोजक पेसएक्स स्पोर्ट्सका अनुसार प्रतियोगिताको अन्तिम दिन साउन १७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरू सञ्चालन हुनेछन्।
प्रतियाेगिताकाे विजेताले नगद रु १,११,१११, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु ५१,१११, ट्रफी र प्रमाणपत्र साथै तेस्रो स्थानमा रहने टिमले नगद रु २१,१११, ट्रफी र प्रमाणपत्र गर्नेछ।
यसबाहेक उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
नेपाली खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले स्थापित पेसएक्स स्पोर्ट्सले आगामी दिनहरूमा फुटसलका साथै अन्य खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको छ।