टोरन्टोसँग पराजित इन्टर मियामी

काठमाडाैं। एमएलएसमा इन्टर मियामीले टोरन्टो एफसीसँग २–१ गोलको हार बेहोरेको छ। घरेलु मैदानमा भएको खेलमा इन्टर मियामीका लागि कप्तान लियोनल मेस्सीले ८२औँ मिनेटमा गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

टोरन्टोका लागि जोस सार्जेन्टले ५९औँ र डेरिक एटिएन जुनियरले ६२औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि मेस्सीले गोल फर्काए पनि इन्टर मियामी बराबरी गर्न असफल रह्यो।

यो हारसँगै इन्टर मियामीले २० खेलबाट ११ जित, ६ बराबरी र ४ हारसहित ३९ अंकमा रहेको छ।

विशेषगरी, यो इन्टर मियामीको पछिल्लो दुई लिग खेलमा पहिलो हार हो। यसअघि अगस्ट १९ मा फिलाडेल्फिया युनियनसँग २–२ गोलको बराबरी खेलेको थियो। उक्त बराबरीअघि इन्टर मियामी लगातार तीन लिग खेलमा पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको