ह्यान्डबल टोली बंगलादेश जाने

काठमाडाैं। आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ।

कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, शान्तीकला राई र ममता राना सहभागी हुने छन्। टिम प्रशिक्षकमा सुसिल अधिकारी छन्।

अफिसियलमा नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिब केशव पाठक, कार्यसमिति सदस्य रत्नज्योती मानन्धर र महेन्द्र पुन रहेका छन्।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगालादेश, भारत, मालदिभ्स, यमन र आफगानिस्तानको सहभागिता रहने महासचिव पाठकले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको