जिम्मी निसमले तेस्राे सिजन पनि जनकपुरबाट खेल्ने

काठमाडाैं। न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई अनुबन्ध गरेको जनाएको छ।

निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सोक्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २४७ रन बनाएका थिए। सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो।

पहिलो सिजनको एनपिएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए। जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको