काठमाडौं। एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करणअघि नयाँ एन्थम सनर्वजनिक भएको छ।
आयोजक ईन्फिनिटी ड्रिम्सले बुधबार एक कार्यक्रम गर्दै नयाँ एन्थम सनर्वजनिक गरेको छ। नयाँ एन्थम ‘अब पालो नारीको’ गायिका रातो रानीले चिनिने जेनी योन्जनले गायकी हुन्।
कार्यक्रममा नयाँ एन्थमको भिडियो पनि सनर्वजनिक गरिएको थियो भने रातो रानीले पनि नयाँ एन्थम लाईभ प्रस्तुत गरेकी थिईन्। लिगको तेस्रो संस्करण असोज १५ देखि हुने तय छ। यसअघि दुई संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो।