काठमाडौं। साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ। बार्सिलोनाले बिहीबार राति एथ्लेटिक क्लबलाई २–० गोलले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।
बार्सिलोनाको जितमा राफिन्हाले ३७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। फर्मिन लोपेजले ८२औँ मिनेटमा दोस्रो गोल थपेपछि बार्सिलोनाले २–० को सहज जित सुनिश्चित गर्यो।
यस जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ।