काठमाडौं मंसिर ३ गते । रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन्।
रिब्सले द एक्सेल्सियर स्कुललाई २२–१५ ले पराजित ग¥यो। रिब्सको जितमा सुप्रिया मल्लले ९ अंक योगदान गरिन्। सन्ध्या माझीको १० अंक सहयोगमा राराहिलले एलआरआईलाई २२–७ ले सहजै हरायो। रेडियन्टले ज्ञानोदय बालवाटिकामाथि २२–११ को जित दर्ता ग¥यो। रेडियन्टकी सेजल रोक्काले १० स्कोर गरिन्।
सिनियर ब्वाइजमा एलआरआईले रेडियन्ट रिडर्सलाई ३०–२९, राराहिलले एनआईसी एकेडेमीलाई ३६–२० र पुष्पसदनले विस्डमलाई ४२–२१ ले पाखा लगाए। एलआरआईका सुजल मडईंले २२, राराहिलका ओवेशले ११ र पुष्पसदनका मात्रिका बुढाथोकीले ९ अंक बटुले। जुनियर ब्वाइजमा रातो बंगलाले एलआरआईलाई २६–८ ले पन्छायो । रातो बंगलाका युभानले ६ स्कोर गरे।
