काठमाडौं । काठमाडौं ओपन सोतोकान कराते च्याम्पियनसिप ‘क्रिएटिभ एकेडेमी कप २०८३’ आयोजना हुने भएको छ।
क्रिएटिभ एकेडेमीको आयोजनामा तथा नेपाल सोतोकान कराते संघको सहकार्यमा प्रतियोगिता आगामी मंसिर १९ गते शनिबार कीर्तिपुरको नयाँबजारमा आयोजना हुने भएकाे छ।
प्रतियोगितामा छात्र तथा छात्रातर्फका उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
