नेपाली टोलीको कप्तानी जिम्मेवारी सोमपालले सम्हाल्ने


काठमाडौं। श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाली टोलीको कप्तानी जिम्मेवारी सोमपाल कामीले सम्हाल्ने भएका छन्।

नियमित कप्तान रोहितकुमार पौडेल क्यानडामै छन्। उनीसँगै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि यो खेलमा अनुपस्थित भएपछि कप्तानी जिम्मेवारी सोमपालको काँधमा आइपुगेको हो।

श्रीलंकाले टस जितेर पहिला बलिङ रोजेको छ। यो खेलमा रोहित, दीपेन्द्र र सन्दीपबाहेक देव खनाल, अर्जुन साउद, भीम सार्की र रिजन ढकाललाई पनि यो खेलमा उपस्थित छैनन्। रोहित र दीपेन्द्रबाहेक सबैको भिषामा समस्या आएपछि खेल गुमाएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकासँग तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्न लागेको हो। यसअघिका दुवै खेल वर्षाको कारण रद्द भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको