जेभियर र गोल्डेनगेट फाइनलमा


काठमाडाैँ । जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ल्यानडमार्क एकेडेमीलाई २५–१३ ले पराजित ग¥यो। जेभियरको जितमा अरिभाना तमारुले ८ अंक योगदान गरिन्।

पहिलो क्वाटरमा १३–१ को अग्रता लिएको जेभियर दोश्रोमा ४–५ र तेश्रोमा २–७ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटर ६–० ले आफ्नो पक्षमा पार्दै जेभियरले जित सुनिश्चित ग¥यो।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नाइशा बुढाथोककिो १२ अंक सहयोगमा गोल्डेनगेटले रातो बंगलालाई ४१–२६ ले हरायो ।

पहिलो क्वाटरमा १०–४ को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो। गोल्डेनगेटले दोश्रोमा ११–१०, तेश्रोमा १३–८ र चौथोमा ७–४ को प्रदर्शन ग¥यो। फाइनल शनिबार हुनेछ। विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको