काठमाडौँ। त्रिभुवन आर्मी फुटबल क्लब १३४औं संस्करणको डुरान्ड कपमा आर्मी बराबरी राकिएको छ।
डुरान्ड कपमा अन्तर्गत आफ्नो दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको हो।
आर्मीका लागि निराजन धामीले बराबरी गोल फर्काएका थिए। एक गोलले पछाडि परेको अवस्थामा आर्मीका लागि युवा स्ट्राइकर धामीले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा बराबरी गरेका थिए।
यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। आर्मीले अब मंगलबार भारतीय आर्मीको सामना गर्नेछ।


