एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि


काठमाडौं। दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि जितेका छन्।

सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गल्र्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन्। टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो। सिनियर गल्र्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो।

जुनियर ब्वाइजको फाइनलमा जेबी स्कुलले ग्रिनल्यान्डलाई २–० ले हराउन सफल भयो। विजेतालाई प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्य र उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा र आयोजक टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा २१, जुनियर ब्वाइजमा १४ र गल्र्समा ७ टोलीले प्रतिस्पर्धा गरेको टोखा नगर प्याब्सनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र थापाले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको