एसियन बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज रानाको जित यात्रा सुरु


काठमाडाैँ। एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाईल्याण्डको राजधानी बैकंक शहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेको छ।

नेपाली मुक्केवाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जित हासिल गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन्। रानाले क्वाटरफाइनलमा भुटानी मुक्केवाजसंग प्रतिस्पर्धा गर्नेछन्। भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कांस्य निश्चित गर्ने छन्।

अगष्ट १ मा सम्पन्न खेलहरुमा यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसीसीका आधारमा पराजित भए।

आईबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली जुलाई ३० मा बैकंक प्रस्थान गरेको थियो। को–ओर्डिनेटर अवालेका अनुसार प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको