यु-१६ युथ लिग : मछिन्द्र, जावलाखेल र संकटा विजयी


काठमाडौं। एन्फा यु-१६ युथ लिग अन्तर्गत आइतबार सम्पन्न आ–आफ्नाे खेलमा मछिन्द्र, जावलाखेल र संकटा फुटबल क्लब विजयी भएका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न पहिलाे खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ।

मछिन्द्रलाई जित दिलाउन करण धामी, साइप्रस डंगोल गोविन्द विकले गोल गरे। हिमालयन शेर्पाका लागि जिनिल सुब्बा र युगेन खत्रीले गोल गरे।

खेलको चौथो मिनेटमै करणको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। दुई मिनेटपछि नै साइप्रसले टोलीको अग्रता दोब्बर बनाए।

जिनिलले ५६औं मिनेटमा हिमालयनका लागि गोल फर्काए। ७०औं मिनेटमा गोविन्दले गोल गर्दा मछिन्द्र ३-१ ले अगाडि बढ्यो।

इन्जुरी सामयमा युगेनले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन।

जितसँगै १० खेलमा २३ अंक जोडेको मछिन्द्र दोस्रो स्थामा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ।

दिनकाे दाेस्राे खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गर्याे।

जावलाखेललाई जित दिलाउन पुजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा विविधराज राईले समान एक गोल गरे।

खेलको चौथो मिनेटमा समीरको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो। जितसँगै १० खेलमा १३ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ। १० वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ।

दिनकाे अन्तिम खेलमा संकटाले भगवती क्लबविरुद्ध २-० को जित दर्ता गर्याे। संकटालाई जित दिलाउन पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे।

खेलको नवौं मिनेटमा पेम्बाको गोलमार्फत संकटाले अग्रता लिएको थियो। ४३औं मिनेटमा प्रजलले टोलीको अग्रता दोब्बर बनाए।

जितसँगै ११ खेलमा २२ अंक जोडेको संकटा चौथो स्थानमा उक्लिएको छ। पराजित भगवती समान खेलबाट १० अंकका साथ १०औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको