दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते


काठमाडौं। हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यहीँ भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।

प्रतियोगिताको विजेताले तीन लाख पाउने छ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।

टिम दर्ताको लागि १५ हजार तोकिएको छ। टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ।

प्रतियाेगितामा कुल ३२ टिम सहभागि गराइने सचिव विद्या दंगालले बताए। यस्तै हालसम्म ३० टिमले दर्ता गराइसकेका छन्। नकआउटका आधारमा हुने प्रतियाेगिता दुई दिन सञ्चालन हुनेछ।

प्रतियोगितामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको