मेस्सीको दुई गोलमा मियामीको सहज जित


काठमाडौं । दुई महिनाअघि सम्पन्न कोपा अमेरिकामा घाइते भएका मेस्सीले सानदार पुनरागमन गरेका छन्।

अमेरिकी लिग सकर (एमएलएस)मा इन्टर मियामीले फिलाडेल्फियालाई ३–१ ले पराजित गरेको हो। यस खेलमा मेस्सीले दुई गोल गरे भने एक असिस्ट उपलब्ध गराएका थिए। अर्को लुइस स्वारेजले गरे।

जितसँगै २८ खेलबाट शीर्षस्थानमा रहेको इन्टर मियामीले ६२ अंक जोडेको छ। ५२ अंकसहित एफसी सिन्सिनाटी दोस्रो स्थानमा छ। पराजित फिलाडेल्फिया ३० अंकसहित २२औं स्थानमा रह्यो।

मेस्सीले कोपा अमेरिकाअन्तर्गत फाइनल खेलमा कोलम्बियाविरुद्ध घाइते भएपछि ६६औं मिनेटमा मैदान छाडेका थिए। लौटारो मार्टिनेजको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो पटक च्याम्पियन भएको थियो ।

मेस्सीले फिलाडेल्फियाविरुद्ध प्लेइङ सेटमै खेलेका थिए। पहिलो हाफमै दुई गोल गरेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको