रेडियन्ट कप रातो बंगला र रेडियन्ट फाइनलमा

काठमाडाैं। रातो बंगला र आयोजक रेडियन्ट पब्लिक १२औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीवार फाइनलमा प्रवेश गरेका छन्।

रातो बंगलाले ह्वाइटफिल्डलाई १४–३ तथा रेडियन्ट पब्लिकले केभीएस, स्युचाटारलाई २०–१३ ले पराजित गरे। रातो बंगलाका रिन्जिनले ४ तथा रेडियन्ट पब्लिकका जेनिश लामिछानेले ६ स्कोर गरे।

सिनियर गल्र्समा रिब्सले निसर्ग वाटिकालाई २२–२१ तथा राराहिलले रेडियन्ट पब्लिकलाई १९–१२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। रिब्सकी सुप्रिया मल्लले ११ तथा राराहिलकी एलिशा ओलीले ९ अंक जोडिन्।

सिनियर ब्वाइजमा पुष्पसदनले निसर्ग वाटिकालाई ३५–२२ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४२–२१ ले पाखा लगाउँदै फाइनलमा स्थान बनाए। पुष्पसदनका सम्राट लामाले १४ तथा रेडियन्ट पब्लिकका नन्दन बस्नेतले १० स्कोर गरे । फाइनल शुक्रबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको