काठमाडौं। कर्णाली याक्सले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो।
कर्णालीमा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन्।
कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्क किरित पन्चालले पहिलो पटक कर्णालीबाट खेल्दैछन्।
३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए। एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन्।


