पुलिस सेमिफाइनलमा


काठमाडौँ। विभागीय डर्बीमा एपीएफ क्लबलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा एपीएफलाई ३–० को सेटमा हराएकाे हाे।

पुलिसले यस समूहकाे दुई खेलमा जित हासिल गर्दै ५ अंक जाेड्न सफल भयाे। यता, पराजित एपीएफले तीन खेलबाट ७ अंक जाेडेकाे छ।

सुरुआतका दुवै सेटमा २५–२१, २५–१५ ले जितेकाे पुलिसले तेस्राे र चाैथाे सेटमा २२–२५, २१–२५ ले हार ब्यहाेरेकाे थियाे भने पाँचाैँ तथा निर्णायक सेटमा १५–९ ले जित्दै खेल आफ्नाे पक्षमा पार्याे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको