काठमाडौँ। नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधिसहित विधागत पुरस्कारमा पनि वर्चस्व जमाएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै च्याम्पियन बन्यो भने पुरुषतर्फ हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जित्यो। महिलातर्फ उपविजेता पुलिस र पुरुषतर्फ आर्मी बने।
महिलातर्फ विधागत पुरस्कार
सर्वोत्कृष्ट खेलाडी (एमभीपी) को उपाधि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा मालीले जितिन्। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। यस्तै अन्य सबैले ट्रफीसहित १५ हजार पाए।
अन्य विधागत पुरस्कारतर्फ
उत्कृष्ट सर्भर : सरस्वती कडेल (नेपाल पुलिस क्लब)
उत्कृष्ट स्पाइकर : निरुता ठगुन्ना (एपीएफ क्लब)
उत्कृष्ट ब्लकर : सुमित्रा रेग्मी (न्यु डायमण्ड)
उत्कृष्ट सेटर : प्रगति नाथ (न्यु डायमण्ड)
उत्कृष्ट लिबेरो : सलिना श्रेष्ठ (न्यु डायमण्ड)
उत्कृष्ट प्रशिक्षक : कुमार राई (न्यु डायमण्ड)
पुरुषतर्फ विधागत पुरस्कार
सर्वोत्कृष्ट खेलाडी (एमभीपी) को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबका फखर उदिनले जिते। उनले पनि २५ हजार पाए।
अन्य विधागत पुरस्कारतर्फ
उत्कृष्ट सर्भर : चिरञ्जीवी खड्का (हेल्प नेपाल)
उत्कृष्ट स्पाइकर : मुवासर राजा (हेल्प नेपाल)
उत्कृष्ट ब्लकर : दुर्गा बहादुर खड्का (त्रिभुवन आर्मी)
उत्कृष्ट सेटर : हरिहजुर थापा (त्रिभुवन आर्मी)
उत्कृष्ट लिबेरो : भिम बहादुर गाह (नेपाल पुलिस क्लब)
उत्कृष्ट प्रशिक्षक : उत्सव खड्का (हेल्प नेपाल स्पोर्ट्स क्लब)
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकहरूलाई विधागत पुरस्कार प्रदान गरिएको आयोजक नेपाल भलिबल संघले जनाएको छ।


