फुटसलमा नेपालको ऐतिहासिक जित


काठमाडौं। नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा ऐतिहासिक फराकिलो जित दर्ता गरेको छ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको हो। जहाँ नेपाली महिला फुटसल टिमले हात पारेको यो पहिलो जित हो।

नेपालको जितमा जेनिफर रानाले दुई गोल गर्दा बिमला बिक र मनिषा थापा मागरले समान एक गोल गरिन्। यस्तै, अर्को गोल भने नेपालले उपाहर पायो। मल्दिभ्सकी फत्तिमाज साइनाले आत्माघाती गोल गरिन्।

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो। माल्दिभ्सको भने यो लगातार दोस्रो हार हो।

यसअघि भारतसँग ११–१ ले पराजित भएको थियो। जितसँगै नेपालले दुई खेलबाट ४ अंक पुर्‍याएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको