काठमाडौं। छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
दोस्रो खेलमा आर्मीको पुरुष टिमले माल्दिभ्सको टिमसँग बिहान ११ बजे प्रतिस्पर्धा गर्दा दिउँसो दुई बजे गण्डकीले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।


