यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता हुँदै


काठमाडौं। बुढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता यही माघ २७ र २८ गते आयोजना हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिता इम्पेरियल वर्ल्ड स्कुलको खेल मैदानमा आयोजना गरिने बुढानिलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विद्यालयस्तरका विद्यार्थीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

त्यस्तै, प्रतियोगिताका संयोजक नबराज भट्टले कार्यक्रमबारे जानकारी गराउँदै खेलहरू लिग नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने बताए। प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फका टिमहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ।

जसमा प्रथम हुनेलाई ९००० दोस्रो हुनेलाई ७००० र तेस्रो हुनेलाई ५००० नगद, ट्रफि सहित सम्मान गरीनेछ। साथै बुढानिलकण्ठ क्षेत्रभित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको प्रवर्द्धनमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको