टेनिस टोली श्रीलंका प्रस्थान


काठमाडौं। आईटीएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।

मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। दुवैमा नेपालको सहभागिता रहने छ।

ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन्। सन्तोष श्रीलंकामै छन्।

प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको