प्रधानमन्त्री कप: शंकरको शतकमा पुलिस विजयी


काठमाडाैं। ओपनर शंकर रानाकाे शानदार शतकमा विभागीय नेपाल पुलिसले दाेस्राे जित दर्ता गरेकाे छ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागिता अन्तर्गत माथिल्लाे मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशलाई ७ विकेटले जित दर्ता गरेकाे छ।

बागमतीले दिएकाे २६५ रनकाे लक्ष्य पछ्याएकाे पुलिसले ४४ ओभरमा तीन विकेट गुमाएर २७१ बनायाे।

पुलिसका दिनेश खरेल र शंकर रानाले शानदार इनिङ्स खेले। खरेलले ७० रन बनाउँदा रानाले ११६ रनको शतकीय पारी खेले। यी दुईबीच पहिलो विकेटका लागि १५९ रनको महत्वपूर्ण साझेदारी बनेको थियो।

त्यसपछि दिल्साद अली ८ रनमै आउट भए पनि कप्तान आरिफ शेखले अविजित ४३ रन बनाए। अन्तिमतिर राशिद खानले केवल २ बलमा १० रन जोड्दै टोलीको स्कोर अझ मजबुत बनाए। पुलिसले २४ रन अतिरिक्तका रूपमा प्राप्त गर्याे।

बलिङतर्फ बागमतीका रिजन ढकाल, सन्दीप लामिछाने र सुभाष खत्रीले समान १–१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको