काठमाडौं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा महासचिव राजीव श्रेष्ठले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाललाई क्यानबेरा प्रस्थान गर्नु अघि विदाइ गर्नुभएको छ।
खनालले सन् २०२६ अप्रिल ३ देखि ९ सम्म सञ्चालन हुने स्केट विकास कार्यक्रममा सहभागिता जनाउने छन्। उक्त कार्यक्रम स्केटबोर्डिङ तथा स्केटिङ क्षेत्रमा प्राविधिक दक्षता अभिवृद्धि, प्रशिक्षण पद्धति सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा केन्द्रित रहेको जनाइएको छ।


