इटालीको विश्वकप सम्भावना कायम


काठमाडौं। इटालीले विश्वकप २०२६ को छनोटका लागि बोस्निया एन्ड हर्नगोभिनाको सामना गर्ने भएको छ। बिहिबार राति समपन्न खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २–० ले हरायो।

इटालीको जितमा सान्ड्रो टोनाली र मोइस किनले एक एक गोल गरे।

अन्य खेलमा बोस्निया एन्ड हर्नगोभिनाले वेल्सलाई पेनाल्टीमा ४–२, स्विडेनले युक्रेनलाई ३–१, पोल्यान्डले अल्बानियालाई २–१, टर्कीले रोमानियालाई १–०, कोसोभोले स्लोभाकियालाई ४–३, डेनमार्कले नर्थन मेसेडोनियालाई ४–० र चेक गणतन्त्रले उत्तरी आयरल्यान्डलाई पेनाल्टी ४–३ ले हरायो।

अब विश्वकप प्रवेशका लागि स्विडेनले पोल्यान्ड, टर्कीले कोसोभो र डेनमार्कले चेक गणतन्त्रको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको