साफ यू–२० च्याम्पियनसिप : नेपालले माल्दिभ्सको सामना गर्दै


काठमाडौं। साफ यू–२० च्याम्पियनसिपमा नेपाल आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग भिड्दैछ। यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘ए’ को विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बेलुका ४:३० बजेबाट सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि १–० को जित निकालेको थियो।

लगातार दुई जितसहित उच्च मनोबलमा रहेको नेपाली टोली आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने योजनामा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको