अर्जेन्टिना २–१ ले विजयी


काठमाडौं। अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा मौरिटानियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफमै दुई गोल गरेको अर्जेन्टिनाले अन्तिम समयमा एक गोल खाए पनि जित हासिल गर्न सफल भयो।

अर्जेन्टिनाका लागि १७औँ मिनेटमा एन्जो फर्नान्डेजले पहिलो गोल गरेका थिए। त्यसपछि ३२औँ मिनेटमा निको पाजले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा जोर्डन लेफोर्टले एक गोल फर्काउँदै अन्तर घटाए पनि त्यसले नतिजा परिवर्तन गर्न सकेन। अन्ततः अर्जेन्टिनाले २–१ को जित हात पार्दै खेल समाप्त गर्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको