जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरेना


काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन्।

एएफी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्यान कन्फिरेन्समा एरेनाले भने,‘ युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं। मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो। त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु। लाओस राम्रो टोली हो। तर, हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं।’

ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन्।

यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए। ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ। राम्रो तयारी भएको छ। हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं।’

नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन्।

हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन्। जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ। एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको