काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य–सचिव रवीन्द्र चन्दले मंगलबार पदभार ग्रहण गरेका छन्।
पदभार सम्हालेकै दिन उनले दुई महत्वपूर्ण निर्णय गरेका छन्। कर्णाली प्रदेश रंगशालाको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीसँग समन्वय गरिने उनको पहिलो निर्णय रहेको छ।
साथै रंगशालाको प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि आवश्यक कार्यविधि तयार पारिने जनाइएको छ।
दोस्रो निर्णयअन्तर्गत कर्णाली स्पोर्टस कार्निभल आयोजना गर्ने योजना अघि बढाइएको छ। यसका लागि परिषद्समक्ष प्रस्ताव पेश गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
पदभार ग्रहणकै दिन सदस्य–सचिव चन्दले कर्णाली रंगशालाको निरीक्षण समेत गरेका थिए।


