काठमाडौं। अतिरिक्त समयमा गोल गर्दै कंगोले मंगलबार जमैकालाई १–० ले हरायो। योसँगै कंगो विश्वकप खेल्ने ४८ टोलीमध्ये ४७औं टोलीका रूपमा छनोट भयो।
इन्टरकन्टिनेन्टल प्लेअफको १००औं मिनेटमा एक्सेल तुआन्जेबेले कर्नरबाट आएको बलमा गोल गरे। जमैकाका डिफेन्डरहरूले बल क्लिअर गर्न नसक्दा तुआन्जेबेले सजिलै जाली चुमाए।
मेक्सिकोको ग्वाडालाहारास्थित आक्रोन रंगशालामा सम्पन्न जितसँगै कङ्गोले विश्वकपको समूह ‘के’ पूरा गरेको छ। यो समूहमा कोलम्बिया, पोर्चुगल र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
-1775009149402.webp&w=3840&q=75)


