पेरिस सेन्ट जर्मन ३–१ ले विजयी

काठमाडौं। पेरिस सेन्ट जर्मन (पिएसजी)ले टुलुज एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित हात हासिल गरेको छ।

खेलको २३औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै पेरिसलाई अग्रता दिलाएका थिए। तर २७औं मिनेटमा रास्मुस निकोलाइसेनले गोल फर्काउँदै टुलुजलाई खेलमा फर्काए।

३३औं मिनेटमा डेम्बेलेकै दोस्रो गोलसँगै पेरिसले पुनः अग्रता बनायो र पहिलो हाफ २–१ ले टुंगियो।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि अन्त्यतिर ९०औं मिनेटपछि गोनसालो रामोस ले गोल थप्दै पेरिसको जित सुनिश्चित गरे।

यस जितसँगै पेरिस सेन्ट जर्मेनले २७ खेलबाट ६३ अंकसहिथ शीर्ष स्थानमा छ। पराजित टुलुज २८ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको