काठमाडौं। एर्लिङ हालान्डकाे शानदार ह्याट्रिकमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलाे जित दर्ता गरेकाे छ।
एफए कपकाे क्वाटरफाइनलमा सिटीले पाहुना टाेली लिभरपुलमाथि ४-० काे शानदार जित दर्ता गरेकाे हाे।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको सिटीले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो। ३९औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा हालान्डले हेडमार्फत दोस्रो गोल थपे।
दोस्रो हाफमा पनि सिटीले आफ्नो दबाब कायम राख्यो। ५०औँ मिनेटमा एन्टोइन सेमेन्योले रयान चेर्कीको पासमा उत्कृष्ट गोल गर्दै स्कोर ३–० बनाए। ५७औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा टोलीका लागि चौथो गोल गर्दै खेल एकतर्फी बनाए।
लिभरपुलले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। ६४औँ मिनेटमा मोहम्मद सालाहको पेनाल्टी प्रहार सिटीका गोलकिपर जेम्स ट्राफोर्डले बचाएका थिए।